Section 20
रजिष्ट्रार सम्बन्धी व्यवस्था
(१) अध्यक्षको सामान्य निर्देशन र नियन्त्रणमा रही अदालतको प्रशासकीय प्रमुखको रूपमा काम गर्न अदालतमा नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको एकजना रजिष्ट्रार रहनेछ ।
(२) उपदफा (१) बमोजिमको रजिष्ट्रारको काम, कर्तव्य र
अधिकार देहाय बमोजिम हुनेछ:ः-
(क) अदालतमा दर्ता गराउन ल्याएका निवेदन तथा पुनरावेदनपत्र दर्ता गर्ने र दर्ता गर्न नमिल्ने भएमा दरपीठ गर्ने
(ख) पुनरावेदकले कानून व्यवसायी नियुक्त गरेकोमा वकालतनामा दर्ता गर्ने
(ग) अदालतमा दर्ता हुन आएका पुनरावेदनपत्रमा प्रचलित कानून बमोजिम लाग्ने रकम दाखिला गराउने
(घ) अदालतको म्याद तथा सूचना जारी गर्ने तामेल गराउने र सो सम्बन्धमा आवश्यक निकासा दिने
(ङ) कानून बमोजिम मुद्दाका पक्षहरुको म्याद तारिख थाम्ने र तारीखसँग सम्बन्धित व्यवस्था मिलाउने
(च) अदालतको वार्षिक प्रतिवेदन तयार गरी प्रकाशन गर्ने, गराउने
(छ) अदालतको निर्णय कार्यान्वयन गर्ने गराउने
(ज) मुद्दाको काम कारबाही सम्बन्धी अन्य कार्य गर्ने
(झ) तोकिए बमोजिमका अन्य कार्य गर्ने।
(३) उपदफा (१) बमोजिमको रजिष्ट्रारले आफूलाई प्राप्त
अधिकारमध्ये आवश्यकता अनुसार कुनै अधिकार आफ्ना मातहतका अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।